मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमपातले अवरुद्ध नारा सडक एकतर्फी सुचारु

gorkhapatraonline.com · Thu Nov 05 12:38:02 UTC 2026

कात्तिक १२ देखि १४ गतेको हिमपातपछि पुन अवरुद्ध भएको सिमकोट हिल्सा सडकको नारा लेकको सडक सुचारु भएको छ । नारा लेकको सडकमा जमेको हिउँ हिल्सा सिमकोट सडक योजनाले जेसिवी मेशिन लगाएर एकल ट्रयाक हिउँ पन्छाएपछि यातायात सेवा सुचारु भएको हो ।

एक हप्ता यातायात सेवा अवरुद्ध भएको नाराको सडकमा जमेको हिउँ एकतर्फी रुपमा मेसिनबाट पन्छाउने कार्य भएपछि यातायात सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो । तत्काल यातायात सेवा सुचारु गर्न एकतर्फीरुपमा ट्रयाक खुलाउने कार्य भएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)