मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय विदेश सचिव र प्रधानमन्त्रीबीच भेट

nepalviews.com · Thu Nov 05 12:47:36 UTC 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सम्माननीय प्रधानमन्त्रीले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरेका छन् । प्रधानमन्त्री वालेनले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)