प्रधानमन्त्री शाहलाई विदेश सचिव मिश्रीले भने- भारत भ्रमण सफल हुने गरी तयारी गरिरहेका छौं
annapurnapost.com · Thu Nov 05 12:56:11 UTC 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरे। प्रधानमन्त्रीले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)