मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपीबाट हटाइएका कार्कीलाई प्रधानमन्त्री कार्यालयमा छुट्टै कार्यकक्ष, तर गए सर्वोच्च अदालत

bishowkhabar.com · Thu Nov 05 13:04:44 UTC 2026

काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’ को पद सिर्जना गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी स्थापित गरिएको उक्त पदको पत्र लिन निवर्तमान आईजीपी कार्की बिहीबार सिंहदरबार गएनन् ।

बरू उनी सरकारविरुद्धकै रिट लिएर सर्वोच्च अदालत गए । हिजो बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर एआईजी मनोजकुमार केसीलाई नियुक्त गरेको थियो । कार्कीलाई भने नयाँ दरबन्दी सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी निर्णय लिइएको थियो । यद्यपि उनी बिहीबार प्रधानमन्त्री कार्यालय गएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)