प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिवबीच के–के भयो छलफल ?
kendrabindu.com · Thu Nov 05 13:10:46 UTC 2026

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र विभिन्न सहकार्यका विषयमा छलफल भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको रसुवा–भोटेकोशी बाढीपछि भारतले उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । विपद्पछि भारतले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेकोमा उनले धन्यवाद दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)