बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ
onlinekhabar.com · Thu Nov 05 13:08:29 UTC 2026

१९ कात्तिक, धनगढी । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट, अनिल नाथ योगी र भीमदत्त नगरपालिका–३ तिलकेनीका जीवन बम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)