मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रदेश अस्पताल गोरखामा डिजिटल भुक्तानी प्रणालीको थालनी

gorkhapatraonline.com · Thu Nov 05 13:20:02 UTC 2026

प्रदेश अस्पताल, गोरखाले डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अस्पतालले बिहीबारदेखि लागूहुने गरी डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपानेले अस्पतालमा आयोजित कार्यक्रमबिच डिजिटल भुक्तानी प्रणालीको थालनी गर्नुभएको हो । प्रदेश अस्पताल गोरखाले अस्पतालले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा विकसित इएमआर प्रणालीमार्फत दैनिक सेवा प्रवाह गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)