मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदर र बँदेलले अन्नबाली सखाप पारेपछि कोहलपुरका किसान बेसार खेतीतर्फ आकर्षित

gorkhapatraonline.com · Thu Nov 05 14:00:54 UTC 2026

बाँदर र बँदेलले धान, मकै, गहुँ र तोरीलगायतका बाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर नगरपालिका–७, सल्यानी टोलका किसानहरु बेसार खेतीतर्फ आकर्षित भएका छन् ।

जङ्गली जनावरबाट हैरान भएपछि उनीहरुले जनावरबाट जोगाउन कठिन हुने परम्परागत अन्नबाली छोड्दै बेसार खेतीतर्फ आकर्षित भएका हुन् । जङ्गलसँग जोडिएको बस्तीका किसानका लागि बेसार खेती अहिले वैकल्पिक आम्दानीको माध्यम बनेको छ । अन्य बालीमा जस्तो जङ्गली जनावरले क्षति नगर्ने र बिक्रीका लागि बजारसमेत गाउँमै उपलब्ध हुने भएकाले बेसार खेती विस्तार हुँदै गएको स्थानीय किसान बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)