मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आधुनिक मिलको विस्तारसँगै लोप हुँदै जाँतो

khabarhub.com · Thu Nov 05 14:06:35 UTC 2026

पाँचथर – आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले माग घट्न थालेपछि यो पेसा छोड्न थालेका हुन् ।

हिलिहाङ गाउँपालिका-१ र २ मा बसोबास गर्ने जोगी समुदायका युवाले जाँतो बनाउने गर्दथे । जोगी समुदायसँग सीप सिकेर यहाँका तामाङ र दलित समुदायका मानिसले पनि जाँतो बनाउने गरेकामा पछिल्लो समय अधिकांशले पेसा छाड्दै गएका स्थानीय बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)