रास्वपा सभापति लामिछानेसँग भेटेर स्वदेश फर्किए मिस्री
himalpress.com · Thu Nov 05 13:59:27 UTC 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। नेपालको दुईदिने भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्री बूढानीलकण्ठस्थित निवास पुगेर सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए।
शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए। साथै, उनले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)