मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानी अन्तर्राष्ट्रिय कम्पनीको सम्पत्ति कब्जा गर्न रूसको निर्देशन

baahrakhari.com · Thu Nov 05 14:36:53 UTC 2026

मस्को । क्रेमलिनले बिहीबार जापान टोबाको इन्टरनेसनल (जेटीआई) का रूसी सम्पत्ति कब्जा गर्ने आदेश दिएको छ । जापानी पत्रकारलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि टोकियोसँगको सम्बन्ध बिग्रँदै गएको अवस्थामा यो कदम चालिएको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको एक निर्देशनमा ती सम्पत्तिलाई ‘अस्थायी प्रशासन’मा लिइने उल्लेख छ । अन्तर्राष्ट्रिय प्रतिबन्धको जवाफी कारबाहीका रूपमा मस्कोले विदेशी कम्पनीका रूसी सञ्चालनविरुद्ध चलाइरहेको अभियानको यो पछिल्लो कदम हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)