मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल
ratopati.com · Thu Nov 05 15:13:16 UTC 2026

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी लमजुङ र अनेरास्ववियु जिल्ला कमिटी लमजुङको संयुक्त आयोजनामा आज बेँसीसहर नगरपालिका-७ मा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले युवाहरू राजनीतिबाट टाढिन नहुने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)