प्रधानमन्त्री शाहको भारत भ्रमण तीन दिन र ७ मंसिरलाई ‘मुख्य दिन’ बनाउने नेपालको प्रस्ताव
nepalviews.com · Thu Nov 05 15:12:32 UTC 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको बहुप्रतिक्षित भारत भ्रमण तीन दिन बनाउनेसहितको प्रस्ताव नेपालले भारतसमक्ष राखेको छ । दुई भ्रमण सम्पन्न गरी बिहीबार अपरान्ह नयाँदिल्ली फर्केका भारतीय विदेश सचिव विक्रम मिश्रीसमक्ष नेपालले यस्तो प्रस्ताव गरेको स्रोतहरुले बताएका छन् ।
भ्रमणको दोस्रो दिन ७ मंसिरमा महत्वपूर्ण भेटघाट, समझदारीपत्र–सहमतिमा हस्ताक्षर एवं उद्घाटन कार्यक्रम सम्पन्न गर्ने गरी नेपालले तीन दिने भ्रमणको प्रस्ताव गरेको हो । यो प्रस्तावमा भारतले सकारात्मक संकेत दिएको छ, तर ठ्याक्कै मिति तय भने भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)