भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
annapurnapost.com · Thu Nov 05 15:23:52 UTC 2026

काठमाडौं : भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
यसै सिलसिलामा आयोजित औपचारिक कार्यक्रममा भिजन लुम्बिनीका तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख ५० हजार कित्ता साधारण शेयर, प्रति कित्ता रु. १०० अंकित मूल्यका दरले सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)