मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाँतो बनाउने पेसा लोप हुने अवस्थामा

reportersnepal.com · Thu Nov 05 15:28:28 UTC 2026

पाँचथर । आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले माग घट्न थालेपछि यो पेसा छोड्न थालेका हुन्।

हिलिहाङ गाउँपालिका-१ र २ मा बसोबास गर्ने जोगी समुदायका युवाले जाँतो बनाउने गर्दथे । जोगी समुदायसँग सीप सिकेर यहाँका तामाङ र दलित समुदायका मानिसले पनि जाँतो बनाउने गरेकामा पछिल्लो समय अधिकांशले पेसा छाड्दै गएका स्थानीय बताउँछन् । जाँतोको माग कम हुनु, रोजगारीका अन्य क्षेत्रमा युवा लाग्नु तथा काम कठिन भएकाले पेसा सङ्कटमा जाने अवस्थामा पुगेको दोरुम्बाका खड्गप्रसाद जोगीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)