मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

annapurnapost.com · Thu Nov 05 15:40:32 UTC 2026

काठमाडौं : शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ।

यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ । योजनाअनुसार दैनिक रूपमा आठ जना भाग्यशाली विजेताले रेडमी बड्स ६ प्ले र साप्ताहिक रूपमा १० जना विजेताले रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन् । साथै, योजनाको बम्पर उपहारअन्तर्गत चार जना भाग्यशाली विजेताले चार रात पाँच दिनको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)