मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ट्राफिक लाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका

ratopati.com · Thu Nov 05 16:23:03 UTC 2026

चितवन । भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिक लाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ । भरतपुरको चौबिसकोठीमा जडान गरिएको ट्राफिक लाइट परीक्षण सञ्चालन गरी बिहीबार सचेतना कार्यक्रम गरिएको हो ।

भरतपुर महानगरपालिकाले ट्राफिक लाइटको सर्वसाधारणले कसरी प्रयोग गर्ने भन्नेबारे सचेतना जगाउन सुरु गरिएको जनाएको छ । “महानगरका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिक लाइट सञ्चालन गरिसकिएको छैन । प्रभावकारी रूपमा सञ्चालन हुँदै गर्दा कसरी प्रयोग गर्ने भन्ने विषयमा सचेतना जगाउन सुरु गरिएको हो । महानगरले दर्शन मिडियासँगको समन्वयमा यो कार्यक्रमलाई अघि बढाएको हो,” महानगरका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)