रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको भेट
gorkhapatraonline.com · Thu Nov 05 16:21:06 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ आउनुभएको थियो ।
उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबिचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिनुभयो। साथै, उहाँले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)