मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराटनगरमाथि काठमाडौँको एक पक्षीय जित

saralpatrika.com · Thu Nov 05 16:02:00 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिगको बिहीबार भएको दाेस्राे खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्स माथि एक पक्षीय जित हात पारेको छ। विराटनगरले दिएको ८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ गुर्खाजले ९ दशमलव ४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाएको हो।

काठमाडौँका डेभिड वार्नरले अविजित रहँदै २४ बलमा ४४ रनको योगदान गरे। उनको पारीमा २ चौका र ३ छक्का समावेश थियो। विलियम बास्तोलाले अविजित रहँदै २४ बलमा २३ रन जोडे। सहिल पटेल १० रनमा आउट भए। उनलाई अप्रजित पौडेलले आउट गरे।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)