विद्युतको पोल सार्ने क्रममा बालकको मृत्यु
gorkhapatraonline.com · Thu Nov 05 16:40:19 UTC 2026

जाजरकोटको शिवालय गाउँपालिलकाका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । शिवालय गाउँपालिका–५ चाप्टस्थित खडकबहादुर शाहीका ११ बर्षीय छोरा शिशिर शाहीको विद्युतका पोल सार्ने क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बद्धीसागर पुरीका अनुसार घरदेखि करिब १०० मिटर उत्तर तर्फ आफ्नै कोदोबारीमा रहेको खाली विद्युुतका पोल एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा सर्वसाधारणले बोकेको पोल चिप्लिएर खसेपछि टाउको र छातीमा चोट लागेर बालकको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)