जापानले इन्फान्टिनोविरुद्ध फिफा अध्यक्षमा उम्मेदवारी दिने
ratopati.com · Thu Nov 05 16:52:55 UTC 2026
काठमाडौँ । जापान फुटबल सङ्घका मानार्थ अध्यक्ष कोजो ताशिमाले बिहीबार फिफाको अध्यक्ष पदको निर्वाचनमा जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् ।
फिफाको अध्यक्षका लागि निर्वाचन आगामी मार्चमा हुनेछ । यो घोषणासँगै इन्फान्टिनोलाई चुनौती दिने ताशिमा दोस्रो व्यक्ति भएका छन् । यसअघि उक्त पदका लागि पूर्व टोटनहम डिफेन्डर रामोन भेगाले उम्मेदवारी घोषणा गरिसकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)