पार्टीमा बढ्दो तनावसँगै प्रधानमन्त्री वालेन्द्रले लेखे “देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ”
ukeraa.com

काठमाडौं : प्रहरी महानिरिक्षक हटाउने सरकारको निर्णयप्रति पार्टीका नेताहरू नै विपक्षमा उभिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने लेखे। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अन्य नेताहरूले समेत दानबहादुर कार्कीलाई हटाएर डा मनोज केसीलाई प्रहरी महानिरिक्षक बनाउने सरकारको निर्णयको बढ्दो आलोचनाको प्रतिरक्षा गरेनन्।
बुधवारै सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनमा आइजिपीबारे निर्णय भएको दाबी गरे लगत्तै पार्टीका प्रवक्ता जगदीश खरेलले यसबारे पार्टीलाई जानकारी नभएको प्रतिक्रिया दिएका थिए। बिहीबार पार्टी सभापति रवि लामिछानेले सरकारको निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने प्रतिक्रिया दिँदै पार्टीले सरकारलाई यसलाई हटाऊ अनि यसलाई नियुक्त गर भनेर नभन्ने प्रतिक्रिया दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)