मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

ratopati.com · Thu Nov 05 18:05:22 UTC 2026

पर्सा । प्रहरीले भन्सार छली गरी ल्याइएको रु ३२ लाख ११ हजार ३९२ मूल्य बराबरको माछासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार वीरगन्ज महानगरपालिका–२५ स्थित आइजिपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो । टाटा कम्पनीको एक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख गरिएको भए पनि थप ४४ क्यारेट माछा भेटिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)