लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
ratopati.com · Thu Nov 05 18:08:14 UTC 2026

काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बार्दियाबाट अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेशबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ प्रगतिटोलबाट दुई, ललितपुरको गोदावरी नगरपालिका–१४ बाट एक, उदयपुरको त्रियुगा नगरपालिका–३ बाट दुई, धनुषाको जनकपुर उपमहानगरपालिका(१ बाट एक, दाङको घोराही उपमहानगरपालिका(१४ बाट एक र बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)