मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी

ratopati.com · Thu Nov 05 18:46:02 UTC 2026

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाए । उनलाई नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपर्‍यो ।

बिहीबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले उनको घरपायक पर्ने ठाउँ (ढोल्यामोड) मा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि उनको अनुहारमा खुसीको सीमा नै थिएन । “आफूलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । अरू कसैले बनाउनुपर्छ पनि भनेनन् । सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुपरेको थियो”, उनले भने, “अहिले बल्ल नागरिकता बनेको छ । अब त सामाजिक सुरक्षा भत्ता पाइने भयो ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)