मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प
ratopati.com · Thu Nov 05 19:00:00 UTC 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायत भौतिक संरचनामा क्षति पुर्याएपछि निर्माणकार्य रोकिएको हो । बाढीबाट आयोजनामा करिब रु १८ देखि रु २० करोडबराबरको क्षति भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)