मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सयपत्री फूल खेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

ratopati.com · Thu Nov 05 19:30:00 UTC 2026

बागमती । सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसकेका छन् । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर समर्पित हेटौँडा उपमहानगरपालिका–६, चौघडाका चौलागाईंको आफ्नो मात्र नभई अन्य किसानहरूको उत्पादनलाई बजारीकरणमा पनि सहयोग गरिरहेका छन् ।

नेपाल सयपत्री फूल उत्पादक सङ्घको केन्द्रीय अध्यक्ष पनि रहेका चौलागाईंले मञ्जुश्री आधुनिक फूल एवं तरकारीखेती फार्ममार्फत वर्षको ३६५ दिन हेटौँडाको बजारमा आवश्यक पर्ने सयपत्री फूल र त्यसका माला उपलब्ध गराउँदै आएका छन् । समाज तथा राष्ट्रको समुन्नतिका लागि उत्पादनसँग जोडिनुको विकल्प नभएको मान्यतामा आधारित भई व्यावसायिक खेतीमा लागि रहेका उनले तीन कट्ठा क्षेत्रफलमा रहेको ग्रिन हाउसबाट सबै याममा सयपत्रीको उत्पादन गरिरहेका छन् भने बजारको माग र आवश्यकताअनुसार ग्रिन हाउस बाहिर पनि फूलहरू उत्पादन गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)