मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्यविनायक नगरपालिका वडा नं. ९ को प्रशासनिक भवनको उद्घाटन

gorkhapatraonline.com · Thu Nov 05 19:24:15 UTC 2026

सूर्यविनायक नगरपालिका वडा नं. ९ को नवनिर्मित वडा प्रशासनिक भवन उद्घाटन गरिएको छ । नङखेलस्थित नवनिर्मित वडा प्रशासनिक भवनको बिहीबार सूूर्यविनायक नगरपालिकाका प्रमुख बासुुदेव थापाले उद्घाटन गर्नुुभएको हो ।

बुुधबारदेखि नै नयाँ प्रशासनिक भवनबाट वडा कार्यालयको नियमित सेवा प्रवाह समेत सुुरु गरिएको छ । भवन दुुई रोपनी ११ आना क्षेत्रफलमा फैलिएको छ । भवन निर्माणका लागि कुल दुुई करोड ३६ लाख रूपियाँको खर्च भएको जनाइएको छ । आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएसँगै वडा कार्यालयको नियमिति सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)