बैंक धराशायी भएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाको राजीनामा
annapurnapost.com · Thu Nov 05 19:19:36 UTC 2026

काठमाडौं : बैंकिङ संकटसँग जोडिएको राजनीतिक विवाद चर्किएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन् । बैंक धराशायी भएपछि उत्पन्न विवाद र महाभियोगको प्रक्रिया अघि बढेसँगै उनले राजीनामा घोषणा गरेका हुन् ।
पेनाले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै आफूबाट कुनै गल्ती भएको भए जनतासँग माफी मागेका छन् । जनताले आफूलाई दिएको विश्वासघात गर्ने आफ्नो कुनै मनसाय नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)