मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुकाहुकी पर्वका लागि सीमित बन्दै जुट खेती

ratopati.com · Thu Nov 05 20:00:00 UTC 2026

झापा । तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई मुस्किल हुन थालेको छ । कुनै समय गाउँघरमै सहजै पाइने सन्ठी अहिले खोज्दै हिँड्नुपर्ने अवस्था छ । परम्परागत जुट (पाटा) खेती घट्दै जाँदा पर्व मनाउन समस्या हुन थालेको हो ।

बिर्तामोड–९ गरामनीमा यही कात्तिक २१ गते आयोजना हुने सामूहिक हुकाहुकी कार्यक्रमका लागि आयोजकले गौरीगन्जबाट एक ट्याक्टर सन्ठी ल्याउनुपरेको छ । बिर्तामोड, कनकाई र भद्रपुर आसपासका क्षेत्रमा खोज्दा पनि नपाएपछि गौरीगन्जबाट ल्याउनुपरेको राजवंशी युवा समितिका अध्यक्ष विश्वदीप राजवंशीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)