जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै
barnanmedia.com · Thu Nov 05 22:40:12 UTC 2026

जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ ।
सोही तयारी स्वरूप बिहीबार डब्ल्यु डी पी ४ डी ४०४०३ नम्बरको दुई इन्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाद्वारा भारतको अयोध्याबाट धनुषाको कुर्थासम्म परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)