मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी

barnanmedia.com · Thu Nov 05 23:03:51 UTC 2026

बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाउनुभयो । उहाँलाई नागरिता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता नभएकै कारण उहाँ सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपर्यो ।

बिहीबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले उहाँको घरपायक पर्ने ठाउँ (ढोल्यामोड)मा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएपछि उहाँको अनुहारमा खुसीको सीमा नै थिएन । “आफूलाई नागरिकता बनाउनुपर्छ भन्ने थाहा थिएन । अरु कसैले बनाउनुपर्छ पनि भनेनन् । सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुपरेको थियो”, उहाँले भन्नुभयो, “अहिले बल्ल नागरिकता बनेको छ । अब त सामाजिक सुरक्षा भत्ता पाइने भयो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)