हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन
barnanmedia.com · Thu Nov 05 23:30:27 UTC 2026

पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुट्नुभएको छ । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उहाँले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको हो ।
भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउँदै आउनुभएको छ । उहाँले एक महिनामा करिब २० देखि २५ दिनसम्म फेरी लगाउँदै गाउँबस्ती डुल्ने गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)