मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किवीले दिएको सफलताको स्वाद

ratopati.com · Thu Nov 05 23:45:30 UTC 2026

बागलुङ । अलैँची खेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किवी खेती सुरु गरे । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किवी बिक्रीबाट गत वर्ष रु चार लाख आम्दानी भएपछि उनी व्यावसायिक खेती विस्तारमा लागेका छन् ।

रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्किएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँची खेती गरेका थिए । हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन सक्नुभएन । त्यसपछि उनले किवी रोजे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)