मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

ratopati.com · Thu Nov 05 23:51:20 UTC 2026

महोत्तरी । नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ ।

मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्दै घरमा धातुका नयाँ भाँडा वा गरगहना किनेर पूजा गरिने चलन छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)