अमेरिकी मध्यावधि निर्वाचनको असर सेयर बजारमा, प्रविधि कम्पनीहरूको मूल्यमा १ ट्रिलियन डलरभन्दा बढी गिरावट
annapurnapost.com · Thu Nov 05 23:54:07 UTC 2026

काठमाडौं : अमेरिकाको मध्यावधि निर्वाचनपछि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा सुस्तता आउन सक्ने आशंकाले विश्वका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । निर्वाचनमा एआई विस्तार तथा डाटा सेन्टर निर्माणलाई नियन्त्रण गर्ने पक्षमा रहेका डेमोक्र्याटहरूले सफलता हासिल गरेपछि लगानीकर्तामा चिन्ता बढेको हो ।
बिहीबार अमेरिकी सेयर बजारमा आएको भारी गिरावटका कारण प्रविधि क्षेत्रका कम्पनीहरूले खर्बौँ डलर बराबरको बजार पुँजीकरण गुमाएका छन् । प्रविधि कम्पनीहरूको कारोबार हुने प्रमुख सूचकांक नास्डाक कम्पोजिट ५.५ प्रतिशतभन्दा बढीले घटेको छ । यसबाट करिब २.५ ट्रिलियन डलर बराबरको बजार मूल्य घटेको डाउ जोन्सको तथ्यांकले देखाएको बिबिसिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)