कस्तो रहँला आजको मौसम ?
nepalviews.com · Fri Nov 06 00:55:09 UTC 2026

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही मौसमी प्रणालीका कारण अहिले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। यस क्रममा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)