हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
khabarhub.com · Fri Nov 06 01:03:54 UTC 2026

काठमाडौँ- पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)