बाढीले २० करोडको क्षति पुर्याएपछि मध्यकालीगण्डकी जलविद्युत् आयोजना ठप्प
hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा निर्माण उपकरणलगायतका संरचनामा क्षति पुर्याउँदा करिब १८ देखि २० करोड रुपैयाँ बराबरको नोक्सानी भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए। बाढीले सुकेबगरमा निर्माणाधीन बाँधको डाइभर्सन भत्काएर निर्माणस्थलमा गेग्रान थुपारेको छ भने सुरुङको अडिटभित्र पसेर क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)