पोखरा–इस्लामाबाद उडानको पहल
gorkhapatraonline.com · Fri Nov 06 01:04:59 UTC 2026

काठमाडौँ, कात्तिक २० गते । पोखराका उद्योगी, व्यवसायीले यहाँबाट पाकिस्तान उडान थाल्ने वातावरण बनाउन आग्रह गरेका छन् । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद अमिर खानसहितको पाकिस्तानी टोली यहाँ आएका बेला उद्योगी, व्यवसायीले यस्तो आग्रह गरेका हुन् ।
यही असोज पहिलो सातादेखि पोखरादेखि दुबई नियमित उडान सुरु भएको छ । निर्माण सम्पन्न भएको तीन वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित थियो । कार्यक्रममा राजदूत खानले नेपाल र पाकिस्तानबिच निकै पुरानो सम्बन्ध रहेको जनाउँदै त्यसलाई जनस्तरसम्म अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)