दुई करोड ७६ लाख सिममा चल्छ इन्टरनेट
gorkhapatraonline.com · Fri Nov 06 01:22:58 UTC 2026

बिक्री भएका सिममध्ये ९२ प्रतिशतमा इन्टरनेट प्रयोग भएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८३ असोजसम्मको तथ्याङ्क अनुसार करिब दुई करोड ७६ लाख सिममा इन्टरनेट प्रयोगमा रहेको पाइएको हो । कुल जनसङ्ख्याका आधारमा भने ९४.६३ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्ने तथ्याङ्कले देखाउँछ ।
प्राधिकरणका अनुसार असोजसम्म दुई वटा प्रदायकका दुई करोड ९९ लाख ३१ हजार सिम बिक्री भएका छन् । जसमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का एक करोड ५३ लाख ४६ हजार र एनसेलका एक करोड २३ लाख ४२ हजार सिममा इन्टरनेट सक्रिय गराइएको तथ्याङ्कले देखाउँछ । बजारका हिसाबले टेलिकमको ५५.४३ प्रतिशत र एनसेलको ४४.५७ प्रतिशत हिस्सा रहेको छ । इन्टरनेट सक्रिय भएका सिममध्ये दुई करोड ६९ लाख ४७ हजारमा फोरजी प्रयोग भएको विवरणले देखाउँछ । जसमध्ये टेलिकमका एक करोड ४७ लाख र एनसेलका एक करोड २१ लाख सिम छन् । त्यस्तै करिब सात लाख ३९ हजार सिममा थ्रिजी प्रयोग भएको पाइएको छ । टेलिकमका थ्रिजी प्रयोगकर्ताको एनसेलको तुलनामा धेरै छन् । विवरण अनुसार एनसेलका ९६ हजार सिममा थ्रिजी प्रयोग भइरहेकोमा टेलिकमका करिब छ लाख ४३ हजार सिममा थ्रिजी प्रयोग भएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)