मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु, आज धन्तरेश

corporatenepal.com · Fri Nov 06 01:16:41 UTC 2026

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस मनाइँदैछ । यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा खरिद गरी घरमा भित्र्याएर पूजा गर्ने धार्मिक परम्परा छ । तिथिको घटबढका कारण यस वर्ष तिहार छ दिनसम्म मनाइने भएको छ । सामान्यतया कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक एक दिन लम्बिएको हो ।

पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदयका बेला द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको हो । आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)