मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

डेमोक्र्याटको चुनावी जितले एआई कम्पनीका लगानीकर्ता त्रसित, प्रविधि कम्पनीको सेयरमा भारी गिरावट

ratopati.com · Fri Nov 06 01:27:50 UTC 2026

वासिङ्टन । अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित सफलता हासिल गरेपछि एआई क्षेत्रमा लगानी गर्ने कम्पनीका लगानीकर्ता त्रसित भएका छन् । एआई पूर्वाधार निर्माणमा थप सरकारी नियमन हुन सक्ने आशङ्काले बिहीबार अमेरिकी प्रविधि कम्पनीका सेयरमा ठूलो गिरावट आएको छ ।

निर्वाचनमा डेमोक्र्याटहरूले सिनेटमा सात र प्रतिनिधिसभामा कम्तीमा ३९ सिट थपेका छन् । त्यस्तै, पाँच राज्यको गभर्नर पदमा पनि जित हासिल गरेका छन् । यस नतिजाले एआई पूर्वाधार विस्तारमा अवरोध आउन सक्ने चिन्ता लगानीकर्तामा बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)