मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

ratopati.com · Fri Nov 06 01:40:52 UTC 2026

विराटनगर । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा मात्रै करिब साढे २ अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । भाइ मसला भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिने प्रचलन छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चाडपर्वमा अत्यधिक खपत हुने ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातका लागि मात्रै चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको हा । त्यसबाट राज्यले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)