नर्स ममता हत्या मुद्दामा नरेश भट्टद्वारा शव टुक्राटुक्रा पारेको स्वीकार, तर हत्या अस्वीकार
swasthyakhabar.com · Fri Nov 06 01:24:22 UTC 2026

अमेरिका, भर्जिनिया। अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कका नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्ले भट्टको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले श्रीमतीको हत्या भने आफूले नगरेको दाबी गरेका छन्।
बिहीबार प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा चलिरहेको हत्या मुद्दाको सुनुवाइका क्रममा बयान दिँदै भट्टले सन् २०२४ जुलाईमा आफ्नी श्रीमतीलाई शयनकक्षको भुइँमा अचेत अवस्थामा फेला पारेको बताएका हुन्। उनको भनाइअनुसार ममताले आत्महत्या गरेको आफूलाई लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)