मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम गाँसमा ढुङ्गा लागेजस्तो रोनाल्डोको अन्तर्राष्ट्रिय करिअर

ratopati.com · Fri Nov 06 01:47:57 UTC 2026

पोर्चुगल । पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले २३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्य गरेका छन् । तर, उनको बिदाइ अपेक्षा गरिएजस्तो सुखद र उत्सवपूर्ण हुन सकेन । प्रशिक्षकसँगको विवाद र टोलीभित्रको असमझदारीपछि उनले राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेका हुन् ।

४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जोर्जे जेसुससँग विवाद भएपछि राष्ट्रिय टोली छाड्ने निर्णय गरेका हुन् । टोलीको प्रशिक्षण शिविरबाट अनुमति नलिई बाहिरिएको भन्दै उनलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना गरिएको थियो । प्रशिक्षकले एक खेलमा बेन्चमा राख्नुका साथै अर्को खेलमा पनि सुरुआती टोलीमा नराख्ने सङ्केत गरेपछि रोनाल्डो शिविर छाडेर घर फर्किएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)