कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

काठमाडौँ। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा कृष्णनगर–९ मा आयोजित कार्यक्रममा वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो। विसं २०७० मा नापजाँच गरिएको जग्गाको कानुनी स्वामित्व प्राप्त भएपछि पाँच पुस्तादेखि भोगचलन गर्दै आएका स्थानीयवासी निकै खुसी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)