मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हावापानी अनुकूल हुने खेती भन्दै किबी लगाए, ५ वर्षमै दोब्बर आम्दानी कमाए

himalpress.com · Fri Nov 06 02:05:52 UTC 2026

बागलुङ- अलैँचीखेतीमा लगानी डुबेपछि जैमिनी नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गरे। पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ। किबी बिक्रीबाट गत वर्ष रु चार लाख आम्दानी भएपछि उनी व्यावसायिक खेती विस्तारमा लागेका छन्।

रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्किएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती गरेका थिए। हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन नसकेपछि उनले किबी रोजेका हुन्। सुरुमा पाँच रोपनीमा लगाएको किबीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उनले खेती विस्तार गर्दै थप २० रोपनीमा किबी लगाएका हुन्। यसवर्ष उत्पादन बढेकाले आम्दानी दोब्बर बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)