सामाजिक सन्जालको एउटा भिडियोले बदल्यो २७ वर्षदेखि शेरबहादुरको पीडा
nepalpress.com · Fri Nov 06 02:06:38 UTC 2026

रुपन्देही । धेरैले सामाजिक सन्जाललाई अनावश्यक रुपमा टिकाटिप्पणी गरेर समय बिताइरहेका हुन्छन् तर कुनै कुनै विषय सामाजिक सन्जालबाटै बाहिर आउँदा सामन्य मान्छेलाई ठूलो राहत भएको हुन्छ । यस्तै राहत भएको छ २७ वर्षदेखि रकम अभावमा उपचार गर्न नपाएका अविवाहित ६२ वर्षीय शेरबहादुरलाई ।
बैसठ्ठी वर्षको उमेर पार गर्न लागेका गुल्मीको मदाने गाउँपालिका वडा नं ७ नेटाखर्कका शेरबहादुरको हातमा २७ वर्षदेखि एउटा रड थियो। समयमै उपचार हुन नसक्दा हातभित्र राखिएको त्यही रड उनको जीवनको असह्य पीडा बनेको थियो। विगत नौ वर्षदेखि त रडले हातको मासु र छाला छेडेर बाहिर निस्किएको थियो। तर उपचार गराउने आर्थिक सामर्थ्य नहुँदा उनी पीडा लुकाएरै जीवन बिताउन बाध्य थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)