मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्ध अन्त्य गर्न सक्दो प्रयास गर्ने पुटिनको आश्वासन

barnanmedia.com · Fri Nov 06 02:13:36 UTC 2026

काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानविरुद्ध जारी युद्ध अन्त्य गर्नका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मेजर जनरल मोहसेन रेजाईसँग रुसको राजधानी मस्कोस्थित क्रेमलिन दरबारमा बिहीबार भएको भेटवार्ताका क्रममा पुटिनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार राष्ट्रपति पुटिनले इरानका आणविक केन्द्रहरूमा भएका आक्रमणको तीव्र निन्दा गर्दै इरानविरुद्धको युद्धलाई 'अन्यायपूर्ण' भनेका छन्। भेटका क्रममा रेजाईले इरानका सर्वोच्च नेताको सन्देश पुटिनसमक्ष पुर्‍याएका थिए भने पुटिनले पनि सर्वोच्च नेताका लागि आत्मीय अभिवादन पठाएका छन्। दुई नेताबीच क्षेत्रीय सुरक्षा, युद्धपछिको अवस्थाका साथै रुसबाट इरानसम्म प्राकृतिक ग्यास पाइपलाइन निर्माण गर्ने विषयमा समेत महत्त्वपूर्ण छलफल भएको छ। उक्त पाइपलाइन बनेमा इरानले आफ्नो आन्तरिक ग्यास अभाव पूर्ति गर्नुका साथै छिमेकी मुलुकहरूमा रुसी ग्यास बिक्री गर्न सक्ने जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)